ओलीको टिप्पणी- कांग्रेससँग सहकारीको नीति छैन, माओवादी क्विन्टल छाडेर खुद्रामा अल्झिने जात होइन (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- कांग्रेससँग सहकारीको नीति छैन, माओवादी क्विन्टल छाडेर खुद्रामा अल्झिने जात होइन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहकारीको पक्षमा नरहेको आरोप लगाएका छन् । एमालेनिकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको दाबी गरे ।

उनले भने, ‘माओवादीलाई नीतिको अर्थ छैन । माओवादी भन्ने पाटीलाई नीतिसँग कुनै सरोकार छैन । उसले फाइदामात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्विन्टल क्विन्टल सुन ल्याएजस्तो फाइदा सहकारीतिर लागेर, गाउँका मान्छेलाई सानातिनामा जोडेर के फाइदा छ ? उसलाई त ठ्याकठ्याक फाइदा चाहियो । यसो हेर्दा टिलिक्क टल्किने खालको फाइदा चाहियो ? मोटो रकममा फाइदा चाहियो । खुद्रामा अल्झिने जातै होइन ।’


प्रतिक्रिया

One thought on “ओलीको टिप्पणी- कांग्रेससँग सहकारीको नीति छैन, माओवादी क्विन्टल छाडेर खुद्रामा अल्झिने जात होइन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर