नेपाली खेलाडीसँग हार्दिकता साट्दै रिजवानले भने- केही जरुरत पर्‍याे भने भन्नू – Nepal Press

नेपाली खेलाडीसँग हार्दिकता साट्दै रिजवानले भने- केही जरुरत पर्‍याे भने भन्नू

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले एसिया कप खेल्न गएको नेपाली टीमलाई भेटेका छन् । नेपाली टीम बसेको होटलमा पुगेर उनले खेलाडीहरुलाई शुभकामना दिए ।

उक्त कुराकानीको सानो भिडिओ क्लिप पाकिस्तान क्रिकेट टीमको फेसबुक पेजमा राखिएको छ । भिडियोमा नेपालका सोमपाल कामी र कुशल मल्लसँग रिजवानले हार्दिकतापूर्वक कुराकानी गरेको देखिएको छ ।

‘तिमीहरुले (एसिया कपमा) डिजर्भ गर्छौं’, रिजवानले भने, ‘केही कुराको जरुरत पर्‍याे भने हामीलाई भन्नू ।’

उनले आफू नेपाल आएको र नेपालको क्रिकेटलाई पछ्याइरहेकोसमेत बताए ।

उनले कुशल मल्ललाई जिस्काउँदै सोधे, ‘म्याचमा मेरो हेल्प चाहिन्छ ?’

कुशलले हाँस्दै ‘नो’ भन्छन् । रिजवान पनि हाँस्छन् र भन्छन्, ‘डन्ट टेल मि ।’

नेपाल र नेपाली क्रिकेटरलाई माया गर्ने पाकिस्तानी खेलाडी हुन् रिजवान । उनी केही समयअघि सन्दीप लामिछानेलाई भेट्न नेपालमै आएका थिए ।

नेपाल र पाकिस्तानबीच बुधबार एसिया कपको उद्घाटन खेल मुल्तानमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर