एसिया कप खेल्न पाकिस्तान जान लागेका सन्दीपको बिदाई, राखेपका सदस्य सचिव पुगे विमानस्थल – Nepal Press

एसिया कप खेल्न पाकिस्तान जान लागेका सन्दीपको बिदाई, राखेपका सदस्य सचिव पुगे विमानस्थल

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान गरेका छन् ।

उनलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नै विमानस्थल पुगेका छन् ।

एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

हिजो सुनुवाइ स्थागित भएको थियो । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर