आरती साहको घटनाको छानबिन गरी पीडितलाई न्याय दिलाउन गृहमन्त्रीलाई महिला आयोगको पत्र – Nepal Press

आरती साहको घटनाको छानबिन गरी पीडितलाई न्याय दिलाउन गृहमन्त्रीलाई महिला आयोगको पत्र

काठमाडौं । राष्ट्रिय महिला आयोगले आरती साह मृत्यु प्रकरण घटनालाई गम्भिरतापूर्वक छानबिन गरेर पीडितलाई न्याय दिलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगका अध्यक्ष कमला पराजुलीले उपप्रधान एवम गृहमन्त्री नाराणकाजी श्रेष्ठलाई पत्राचार गर्दै उक्त घटनाको विषयलाई गम्भिरतापूवर्क छानबिन गरेर घटनाको सहजीकरण र व्यवस्थापन गराई पीडित परिवारलाई न्यायको प्रत्याभूति गराईदिनका लागि सिफारिस गरेकी हुन् ।

आयोगले उक्त घटना फौजदारी कसूर गृह प्रशासनसँग प्रत्यक्ष जोडिएको हुदाँ हुदैँ पनि घरेलु हिसांका कारण एउटी युवतीको ज्यान गएको भन्दै गम्भिर महिला मानव अधिकार हनस भएको जनाएको छ । एउटा महिलाको बाँच पाउने अधिकारसमेत हनन भएको ठहर गर्दै आयोगले पटक-पटक सम्बन्धित जिल्ला प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको र उपप्रधान एवम गृहमन्त्री श्रेष्ठलाई भेटेर यस विषयलाई सहजिकरण र व्यवस्थापनका लागि अनुरोध गरेको पत्रमार्फत स्मरण गराएको छ ।

तर, पीडित परिवार मध्ययवर्षाको समय खेती पाती, घरव्यवहार सबै छोडेर विक्षिप्त अवस्थामा न्यायाको माग गर्दै दुई महिनादेखि सडकमै आन्दोलित रहेको र राज्यबाट बेवास्ता भएको अनुभूति हुनु एकदमै दुखद सम्वेदनशिल र गम्भिर विष्या भएको आयोगका अध्इक्ष पराजुलीले बताईन । उनका अनुसार आयोगले उक्त घटनासँग संलग्न कागजात पनि पत्रसँगै मन्त्रालयलाई बुझाइसकेको छ ।

जनकपुर धनुषाका आरती साह गत जेठ सात गते साँझ मृत अवस्थामा फेला परेकी थिईन । साहको परिवार, (आमा, बुवा, भाई, बहिनी, मामा) करिब दुई महिनादेखि न्यायको माग गर्दै राजधानी काठमाडौंको माईतीघर मण्डलालामा धर्नामा रहेका छन् । पीति परिवारले घटनाको सत्य-तथ्य छानबीन, घटनामा संलग्न दोषीलाई कारवाही र पीडित परिवारलाई न्याययको मागराखेका छन् ।

आरती शाहको परिवारले न्याय पाउनुपर्ने, राज्यले उनीहरूको मागको सुनुवाई गरी तत्काल छानविन समिति बनाई समस्या समाधानका लागि सहजीकरण गरिदिनुपर्ने र पिडित परिवारलाई न्यायको अनुभूति राज्यले गराउनुपर्ने महिला आयोगका अध्यक्ष पराजुलीको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *