टर्कीको इस्तानाबुलमा पानीको अभावः पानी बचत गर्न आह्वान – Nepal Press

टर्कीको इस्तानाबुलमा पानीको अभावः पानी बचत गर्न आह्वान

काठमाडौं । टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन् ।

बुधवार नागरिकहरुलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन् । इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो ।

जुन हालको भन्दा झन्डै दोब्बर हो । अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ । इस्तानाबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेशन (आइएसकेआई) को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ ।

शहरका लगभग १६ मिलियन नागरिकहरुलाई आइएसकेआईले पानी बचत गर्ने उपायहरुको सूचिसमेत सिफारिस गरेको छ ।

जसमा बिग्रिएका धाराहरुबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरु सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्ने लगायतका उपायहरु सुझाएको छ । जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी वचत गर्नसक्ने बताइएको छ ।

-एजेन्सीकाे सहयाेगमा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *