सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश – Nepal Press

सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश

काठमाडौं । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन् ।

मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुको लागि सन् २०११ पछि नवौं पटक तलव वृद्धि भएको हो ।

अहिले देशको आर्थिक अवस्था संकटमा छ । यो निर्णय हुनुअघि निजामति कर्मचारीको मासिक तलव १० देखि १५ अभेकिरी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *