नेमार पनि साउदी अरबतिर ! – Nepal Press

नेमार पनि साउदी अरबतिर !

पेरिस । ब्राजिलियन स्टार नेमार पनि साउदी अरब जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सहमति भएको छ। नेमार हाल फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध छन् ।

अन्य क्लबमा जान दबाब बढाउँदै पीएसजीले नेमारलाई सिजनको पहिलो खेलमा मैदान उतारेको थिएन ।

यसअघि अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्विकारिसकेको छ ।

यसअघि पीएसजीले सन् २०१७ मा नेमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य तिरेर भित्र्याएको थियो । ३१ वर्षीय नेमार गत मार्चयता मैदान उत्रिएका छैनन्। यसबीचमा उनले गोलिगाँठा लिगामेन्टको शल्यक्रिया गरेका थिए ।

गत वर्ष क्रिस्टियानो रोनाल्डो अल नासरमा आबद्ध भएपछि युरोपमा खेलिरहेका विश्व चर्चित खेलाडीको आकर्षण साउदी क्लब फुटबलमा देखिएको छ ।

सेडियो माने, करि बेन्जेमा, फिरमिनोसहित थुप्रै विश्व चर्चित खेलाडीहरू यसबीचमा साउदी अरबको प्रो लिगका लागि आबद्ध भइसकेका छन् ।

यसअघि नेमार आफ्नो पूर्व क्लब बार्सिलोनामा पनि फर्किन सक्ने चर्चा चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *