हेरि केनको सुखद् रहेन डेब्यु, बायर्नलाई ३-० ले हराउँदै लेप्जिग बन्यो सुपर कप च्याम्पियन – Nepal Press

हेरि केनको सुखद् रहेन डेब्यु, बायर्नलाई ३-० ले हराउँदै लेप्जिग बन्यो सुपर कप च्याम्पियन

बर्लिन । आरबी लेप्जिगले जर्मन सुपर कपको उपाधि जितेको छ।

शनिवार राती भएको खेलमा घरेलु लिग च्याम्पियन बायर्न म्युनिखलाई ३-० गोलले हराएर उपाधि जितेको हो।

बुन्डेस लिगा च्याम्पियन र जर्मन कप विजेताबीच प्रतिस्पर्धा हुने सुपर कपमार्फत इङ्ल्यान्डका कप्तान हेरि केनले बायर्नका लागि डेब्यु गरेका थिए।

६४ औँ मिनेटमा उनलाई मैदान प्रवेश गराइए पनि प्रभाव छाड्न सकेनन्।

यसअघि बायर्नले केही घण्टा अघि मात्र केनलाई टोट्टनहामबाट ८६ मिलियन पाउन्डमा भित्र्याएको थियो।

लेप्जिगको जितमा तीन वटै गोल डेनी ओल्मोले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *