जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिको मूल्यांकनका लागि मतदान – Nepal Press

जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिको मूल्यांकनका लागि मतदान

जनकपुरधाम । जनमत पार्टीले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरुको काम कारवाहीको मूल्यांकन गर्न आज निर्वाचन गराएको छ ।

जनप्रतिनिधिको एप्रुभल रेटिङ्ग (जनमत संकलन)का लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिए । उनका अनुसार २२ स्थानमा विहान ९ बजेदेखि मतदान जारी छ ।

‘राइट टु रिकल’ अन्तर्गत निर्वाचित जनप्रतिनिधिहरु जनताको चाहना अनुसार काम गरेकोरनगरेको मूल्यांकनका लागि पहिलो पटक मतदान हुन लागेको जनमतका सचिव साहले बताए ।

एप्रुभल रेटिङ्गको मतदानका लागि जनमत पार्टी केन्द्रीय समितिले २६ जना निर्वाचन अधिकारी खटाइएको छ । निर्वाचनमा सम्बन्धित वडाका पार्टी सदस्यलाई मतदाता कायम गरिएको छ ‌।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमै पहिलो पटक हुन लागेको जनमत पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर