रोकिएन फुटबल खेलाडीको अस्ट्रेलिया जाने लर्को, एकैदिन ३ जना उडे – Nepal Press

रोकिएन फुटबल खेलाडीको अस्ट्रेलिया जाने लर्को, एकैदिन ३ जना उडे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना उम्दा खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् ।

उनीहरू एकै दिन अस्ट्रेलिया उडेका हुन् । मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् । उपरकोटी लगातार राष्ट्रिय टोलीमा थिए। यसअघि दुई दिनअघि मात्र गत शहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

उनीहरू अस्ट्रेलियामा स्थानीय क्लबबाट खेल्ने गरी त्यहाँ पुगेको बताइएको छ । पछिल्लो एक वर्षमा सुजल श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, सन्तोष तामाङ, तेज तामाङ, विशाल राईलगायत खेलाडीहरू अस्ट्रेलिया गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर