एसिया कप अघि एक साता पाकिस्तानमा नेपाली टोलीको तयारीका लागि क्यानको ‘रिक्वेस्ट’ – Nepal Press

एसिया कप अघि एक साता पाकिस्तानमा नेपाली टोलीको तयारीका लागि क्यानको ‘रिक्वेस्ट’

काठमाडौं। नेपालले एसिया कप क्रिकेटका लागि एक साता पाकिस्तानमा तयारी गर्नका लागि पाकिस्तान क्रिकेट बोर्ड(पीसिबीसँग आग्रह गरेको छ।

नेपाल क्रिकेट संघ(क्यानले केही दिनअघि नै लिखित पत्राचार गरे पनि स्पष्ट जवाफ नआएको क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए।

‘एसिया कपको तयारीका लागि केही दिन पाकिस्तानमै तयारी गर्नका लागि हामीले पीसिबीसँग आग्रह गरेका थियौँ तर जवाफ आइसकेको छैन’, दासले भने।

नेपालले एसिया कपको पहिलो खेल अगष्ट ३० तारिखमा पाकिस्तानसँग खेल्दै छ। नेपालले एसिया कपको पहिलो चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ। भारतसँग नेपालले श्रीलंकामा खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *