जनमत पार्टीले पालिकामा निर्वाचित जनप्रतिनिधको जनमत संकलन गर्ने, मतदाता नामवली सार्वजनिक – Nepal Press

जनमत पार्टीले पालिकामा निर्वाचित जनप्रतिनिधको जनमत संकलन गर्ने, मतदाता नामवली सार्वजनिक

जनकपुरधाम । जनमत पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अप्रूवल रेटिङ (जनमत संकलन)का लागि मतदान गराउने भएको छ । मतदानका लागि आज मतदाता नामवली सार्वजनिक गरिएको छ ।

जनमत पार्टीबाट २ प्रमुख, १ उपप्रमुख र १९ वडाध्यक्ष निर्वाचित भएका छन् । जनमतबाट सप्तरीको बलान विहुल गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव, सोही पालिकाको उपाध्यक्षमा रेणु यादव र हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्षमा विरेन्द्र माझी निर्वाचित छन् ।

निर्वाचित जनप्रतिनिधिको जनमत संकलनका लागि सम्बन्धित पालिका तथा वडामा मतदाता नामावली सार्वजनिक गरिएको छ । सम्बन्धित स्थानका जनमत पार्टीका सदस्यलाई मतदाता तोकिएको सो पार्टीले जनाएको छ ।

मतदान साउन २७ गते शनिवार विहान ११ बजेदेखि हुनेछ । साउन २४ र २५ गते मतदाता सूचीमा दावी विरोध गर्न सकिने र साउन २६ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

‘राइट टु रिकल’ अन्तर्गत जनमत पार्टीले पालिकामा निर्वाचित जनप्रतनिधिको जनमत संकलन गरिने तयारी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर