सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्ट नेपालमा १० प्रतिशतसम्म छुट पाउने – Nepal Press

सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्ट नेपालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

आइतबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपालबीच १० प्रतिशतसम्म छुट दिने साझेदारी भएको हो ।

साझेदारी अनुसार अब बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ट्रि रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

त्यस्तै, बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।

बैंकले देशैभर १८८ शाखा, १४७ ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर