टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही – Nepal Press

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ ।

टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए ।

सो नगरपालिकाले गत हप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर