यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा कायम हुँदा  युरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ०६ पैसामा किनबेच गरिएको थियो ।

बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६७ रुपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ ९ पैसा र बिक्रीदर  १० रुपैयाँ १४ पैसा कायम हुँदा खाडी मुलुकका राष्ट्रको मूल्य भने बढेको छ ।

जसअनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा कायम भएको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ । बिक्री दर ३५.४१  रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७  रुपैयाँमा तथा कुवेती दिनार १ को खरिद मूल्य ४२८९.८७  पैसा  बिक्रीदर ४३१.८२ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर