रुसी राष्ट्रपति पुटिनले अगस्टभित्रै टर्की भ्रमण गर्ने तयारी – Nepal Press

रुसी राष्ट्रपति पुटिनले अगस्टभित्रै टर्की भ्रमण गर्ने तयारी

काठमाडौं । रुस र युक्रेन बीच जारी द्वन्द्व रोक्नका लागि मध्यस्थ भुमिका खेलिरहेको टर्कीले विश्वलाई अगस्ट महिनामा सुखद् समाचार दिने भएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले इस्तानबुलमा शुक्रवारको प्रार्थनापछि पत्रकारहरूसँग कुरा गर्दै आगामी अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टर्की भ्रमण हुनसक्ने बताए । राष्ट्रपति पुटिनको टर्की भ्रमणको मिति नतोकिएको भएपनि अगस्ट महिनाभित्र हुनसक्ने बताए ।

गएको बुधवार राष्ट्रपति पुटिनले राष्ट्रपति एर्दोगानसँग टेलिफोन वार्ता गर्दै भ्रमण गर्ने बताएका थिए । टेलिफोनमा एर्दोगानले पुटिनलाई ब्ल्याक सी अनाज सम्झौता अनुसारको काम पुनः शुरु गर्न आग्रह गरेको बताए ।

युक्रेन र रुसबीचको तनाव कम गर्न टर्कीको मध्यस्थकर्ताको भुमिका अद्वितीय रहेको भन्दै अन्तर्राष्ट्रिय रूपमा प्रशंसा गरिएको छ । टर्कीले कीभ र मस्कोलाई वार्तामार्फत युद्ध अन्त्य गर्न निरन्तर आह्वान पनि गरिरहेको छ । संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति एर्दोगानले ब्लाक सी कोरिडोर खोल्नसके भोकमरीबाट पीडत अफ्रिकन देशले खानेकुरा पाउने कुरा पुटिनलाई टेलिफोन संवादमा भनेको उल्लेख गरे ।

‘टर्कीले अफ्रिकी देशहरूसँगको सकारात्मक सम्बन्ध कायम राख्न काम गरिरहेको छ’ राष्ट्रपति एर्डोगानले भने । युरोपेली देशहरूको परम्परागत रूपमा औपनिवेशिक दृष्टिकोणको विपरित, टर्कीले लामो समयदेखि अफ्रिकी देशहरूसँगको आफ्नो सम्बन्धलाई मजबुत बनाउदै लगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर