दक्षिण कोरियामा जारी विश्व स्काउट सम्मेलनमा गर्मीले सहभागीहरु बिरामी भएपछि एसी बल र ट्रक परिचालन – Nepal Press

दक्षिण कोरियामा जारी विश्व स्काउट सम्मेलनमा गर्मीले सहभागीहरु बिरामी भएपछि एसी बल र ट्रक परिचालन

काठमाडौं । दक्षिण कोरियामा अत्यधिक गर्मीले विश्व स्काउट सम्मेलनमा सहभागीहरु थला पर्न थालेपछि एसी बस र ट्रक परिचालन भएको छ ।

तापक्रम अस्वभाविक रुपमा ३८ डिग्रि सेल्सियस पुगेपछि ६०० हाराहारी सहभागीहरु तापजन्य रोगबाट पीडित बने । त्यसकै सम्बोधन गर्न दक्षिण कोरियाली सरकारले शुक्रबार एसी बस र ट्रक परिचालय गरेको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।

डिडब्लूका अनुसार १५५ देशका किशोरकिशोरीहरु सहभागी भएको विश्व स्काउट सम्मेलनमा तापले तनाव दिएपछि रास्ट्रपति युन सुक यिओलले आपतकालिन बैठक बोलाएका थिए । तापसँग जुध्न ४६ लाख अमेरिकी डलर परिचालन गरिएको छ ।

तापक्रमको कारणले स्काउटको विश्व सम्मेलनै खल्लो भएको बेला आयोजकले भने सबैले दुःखमनाउ नगरेको उल्लेख गरेको छ । डिडब्लूका अनुसार ८ प्रतिसत सहभागीले मात्रै तापबारेमा गुनासो गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर