रुसको दाबी- पछिल्ला दुई महिनामा युक्रेनका ४३ हजार सैनिक मारिए – Nepal Press

रुसको दाबी- पछिल्ला दुई महिनामा युक्रेनका ४३ हजार सैनिक मारिए

काठमाडौं । रुसले युक्रेनले पछिल्ला दुई महिनामा गरेको प्रतिकार कारबाहीको क्रममा ४३ हजार सैनिक गुमाएको उल्लेख गरेको छ ।

आज रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जुन र जुलाइ महिनामा मात्रै त्यत्ति युक्रेनी सैनिकहरु मारिएका हुन् ।

रुसले युक्रेनका ४ हजार ९ सय ठूला सैन्य हतियार नष्ट गरेको पनि बताएको छ । ७४७ आर्टिलरी गन र मोर्टार पनि युक्रेनले गुमाएको रुसले बताएको छ ।

रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार अमेरिका, पोल्याण्ड, फ्रान्सदेखि जर्मनीले युक्रेनलाई दिएका धेरै हतियार नष्ट भएको पनि रुसले दाबी गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर