सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच छुट दिने सम्झौता – Nepal Press

सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच छुट दिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालबीच विशेष छुट दिने सम्झौता भएको छ ।

शुक्रबार बैंक र हस्पिटलबीच विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको हो । अब बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास जनाएको छ ।

त्यस्तै, बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर