सुदूरपश्चिममा विश्वासको मत दिन माओवादीको ह्रीप, दलको नेताभन्दा माथिको बरियतामा भट्ट – Nepal Press

सुदूरपश्चिममा विश्वासको मत दिन माओवादीको ह्रीप, दलको नेताभन्दा माथिको बरियतामा भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रले सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए ।

संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई अहिलेका दलको नेता भन्दा माथिको बरियता राख्ने निर्णय पनि भएको धामीले बताए ।

सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।दलका नेता धामी र पूर्व मन्त्री झपट साउद कार्यदलमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर