हुण्डाईको ‘व्लिस अफ चेन्ज’ एक्सचेन्ज अफर, पाँच लाखसम्म नगद छुट – Nepal Press

हुण्डाईको ‘व्लिस अफ चेन्ज’ एक्सचेन्ज अफर, पाँच लाखसम्म नगद छुट

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘व्लिस अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ ।

आजैबाट लागू हुनेगरी सार्वजनिक गरिएको योजनामा ग्राहकले ५ लाखसम्मको नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको विश्वसनीय इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ एक्सचेञ्ज पार्टनर्सहरु संग सहकार्यमा उक्त योजना ल्याएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर