पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल – Nepal Press

पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

काठमाडौं । अभिनेत्री पूजा शर्मा अब ‘रेस्टुरेन्ट साहुनी’ बनेकी छन् । उनले झम्सिखेलमा स्थापना गरेको ट्याग स्पोर्ट्स लाउञ्ज एन्ड बार आउँदो शुक्रबारबाट औपचारिक सञ्चालनमा आउँदैछ ।

आफ्नो ब्वाइफ्रेन्ड युद्ध बानियाँसँग मिलेर पूजाले रेस्टुरेन्ट खोलेकी हुन् । आकर्षक साजसज्जा र फर्निसिङसहितको रेस्टुरेन्टमा ४ करोड रूपैयाँ लगानी भएको उनीहरूको दाबी छ । पूजाका अनुसार एक वर्ष लामो तयारीपछि ‘ट्याग’ ले मुर्तरूप पाएको हो ।

संयोगवस पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी छन् अभिनेत्री गौरी मल्ल । उनी एउटा प्रोजेक्टको छलफल गर्नका लागि सो रेस्टुरेन्टमा छिरेकी थिइन् । आफू पहिलो ग्राहक बनेको थाहा पाउँदा निकै खुशी लागेको गौरीले बताएकी छन् ।

गौरीले आफ्नो फेसबुसमा पूजाको रेस्टुरेन्टबारे वर्णन गरेकी छन् ।

उनले लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा-युद्धको पहिलो ग्राहक/पाहुना बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किँदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद दिँदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस ,हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’

आफूहरुले अर्डंर गरेका खानेकुरामा पूजाले एकदमै ‘न्यूनतम चार्ज’ गरेको गौरीले लेखेकी छन् । उनले सुरूमा बिलको फोटो पनि हालेकी थिइन्, तर मानिसहरू मूल्यसूची हेरेर धेरैजना झस्किएपछि हटाएकी छन् ।

बिलमा उल्लेख भएअनुसार पूजाको रेस्टुरेन्टमा एक कप मिल्क टी (दूध चिया) को १५० रूपैयाँ पर्ने रहेछ । गौरीको टोलीले चार कप दूध चियाको साथमा दुई प्लेट चिकेन स्टिम मम, एक प्लेट फ्रुट सलाद, एक प्लेट पनिर पकौडा र एउटा अमेरिकानो अर्डर गरेका थिए । त्यसको बिल २ हजार ६ सय ५ रूपैयाँ उठेको छ । आखिर चार करोड लगानी गरेको रेस्टुरेन्ट न पर्‍यो ।


प्रतिक्रिया

One thought on “पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

  1. पुजा ले आफ्नो पास्ट भुलेछिन how afford normal people in her restaurant? I think this restaurant can afford who hav black money 🤑

Leave a Reply

Your email address will not be published. Required fields are marked *