आर्सेन टम्स्कीको पुस्तक ‘इन ड्राइभरस् साइबेरियादेखि सिलिकन भ्याली’ नेपालमा – Nepal Press

आर्सेन टम्स्कीको पुस्तक ‘इन ड्राइभरस् साइबेरियादेखि सिलिकन भ्याली’ नेपालमा

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरस् फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को अनुवादित संस्करण सार्वजनिक गरेका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अंग्रेजी, स्पेनिश र पोर्चुगिज भाषापछि नेपालीमा पहिलो संस्करण सार्वजनिक गरिएको हो ।

पुस्तकले आर्सेनको जीवन कथालाई उजागर गरेको छ । साइबेरियामा बिताएको जीवनको कठोर वास्तविकतादेखि दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रमा प्रवेश गरेकोसम्मका विषयहरु पुस्तकमा समावेश छन् ।

कार्यक्रममा आर्सेनले भने, ‘पाठकहरूसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुशी छु । इनड्राइभको जग र विकास मेरो लागि व्यवसायिक प्रयासमात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो । जसले मेरो जीवनलाई आकार दिएको छ र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ । म यस कार्यमा तपाईंहरुलाई निमन्त्रणा गर्न पाउँदा उत्साहित छु । सबै जनालाई आफूसँगै यो साहसिक कार्यको अनुभव लिन स्वागत गर्दछु ।’

प्रविधि आविष्कारको केन्द्रविन्दू, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुवातदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवन कथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिको लागि प्रेरणादायी प्रमाण रहेको छ ।

आर्सेन टम्स्की याकुटियाका एक टेक उद्यमी हुन् । उनले इनड्राइभको स्थापना गरे, जुन विश्वव्यापी राइड-हेलिङ र गतिशीलता प्लेटफर्मह मध्ये एक भएको छ । आर्सेनको यात्रा एक सफ्टवेयर इन्जिनियरको रूपमा सुरु भयो र विस्तारै उद्यमशीलतामा सरेका थिए । पूर्वी साइबेरियाको दुर्गम शहरको कठिन परिस्थितिमा काम गर्दै उनले आफ्नै व्यवसाय र विचारधाराको विकास गरे ।

त्यस्तै इनड्राइभ माउन्टेन भ्यू, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको एक वैश्विक प्लेटफर्म हो । इनड्राइभले ४० भन्दा बढी देशहरूमा सेवा सञ्चालन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर