सञ्जीव मानन्धर बने प्राइम बैंकको कामु सीईओ – Nepal Press

सञ्जीव मानन्धर बने प्राइम बैंकको कामु सीईओ

काठमाडौँ । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ नियुक्त गरेको हो ।

सीईओ बन्नुभन्दा पहिले उनी महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएपछि मानन्धर सीईओ बनेका हुन् ।

अर्को व्यवस्था नभएसम्मका लागि मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर