कमलादीमा सामसङको प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर सञ्चालनमा – Nepal Press

कमलादीमा सामसङको प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर सञ्चालनमा

काठमाडौं । सामसङले काठमाडौंको कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुमपार्कले गरेका हुन् ।

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो । उक्त स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरुले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरिदको निर्णय गर्न सहज हुनेछ ।

यस स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने कम्पनीले जनाएको छ । ग्राहकहरुले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुचि राख्ने युवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा ग्राहकहरुले आफ्नो रोजाइअनुसारका सामानहरु सजिलै खरिद गर्न सक्नेछन् ।

स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शून्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ सुविधा हो । यसले ग्राहकहरुलाई सहज कर्जा सुविधा प्रदान गर्छ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङका सामानहरु खरिद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर