बिस्ताराको उडानमा सहभागी यात्रुलाई तारे होलटमा ‘स्पा’मा विशेष छुट – Nepal Press

बिस्ताराको उडानमा सहभागी यात्रुलाई तारे होलटमा ‘स्पा’मा विशेष छुट

काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित बिस्तारा एयरलाइन्सले काठमाडौं-दिल्ली दुईतर्फी उडानमा सहभागी यात्रुका लागि २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा उपलब्ध गराउने भएको छ ।

एयरलाइन्सका अनुसार ‘स्पा’ सुविधा होटल सोल्टी र रेडिशनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध हुनेछ । ‘स्पा’ जाँदा यात्रुले ‘बोर्डिङ पास’ भने अनिवार्य रुपमा सँगै लिएर जानु पर्नेछ । सोही पासका आधारमा यात्रुलाई २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा उपलब्ध गराउनेछ । एयरलाइन्सले यात्रुको सुविधाका लागि ‘ट्रयाङ्कुलिटी स्पा’सँग सोमबार सम्झौता गरेको हो ।

सम्झौता अनुसार ‘बिजनेश र प्रिमियम इकोनोमी क्लास’मा यात्रा गर्ने यात्रुले ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा लिन सक्नेछन् भने ‘इकोनोमी क्लास’मा यात्राले गर्ने यात्रुले २५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा लिन सक्नेछन् । एयरलाइन्सका नेपालस्थित कार्याकारी अधिकृत प्रसन्न अधिकारीले यात्रुलाई विशेष सुविधा दिने उद्देश्यले यस्तो योजना ल्याइएको बताए ।

उनले भने, ‘एयरलाइन्सले विगत चार वर्षदेखि नेपालमा ‘वर्ल्ड क्लास’ सुविधासहित यात्रुलाई सेवा दिँदै आएको छ । विशेष छुटसहित ‘स्पा’ सुविधा यही अन्तर्गतको एउटा ‘प्याकेज’ हो । यसका लागि होटलसँग सम्झौता भइसकेको छ । यो तत्काल कार्यान्वयनमा आउनेछ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भदैै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर