शेयर बजार निरन्तर ओरालो लाग्दै, आज २८ अंकले घट्यो नेप्से – Nepal Press

शेयर बजार निरन्तर ओरालो लाग्दै, आज २८ अंकले घट्यो नेप्से

काठमाडौं । निरन्तर ओरालो लागेकाे शेयर बजारमा साताको तेस्रो दिन पनि गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा कायम भएको छ । सोमबार ५ अंकले घटेको बजारमा आज ६० लाख १५ हजार ६७ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सुपर म्यादी हाइड्रोपावर लिमिटेडले आज सर्वाधिक नाफा कमाएको छ भने, किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारका आधारमा अप्पर तामाकोशि हाइड्रोपावर ८ करोड ७४ लाख ३ हजार ८८५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ रहका १३ वटै समूहको शेयर मूल्यमा गिरावट आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर