‘सुन तस्करीमा माओवादी नेताहरुको नेक्सस देखियो, ललिता निवासका मुख्य दोषी प्रधानमन्त्रीकै देब्रे साइडमा छन्’ – Nepal Press
नेपाल टक

‘सुन तस्करीमा माओवादी नेताहरुको नेक्सस देखियो, ललिता निवासका मुख्य दोषी प्रधानमन्त्रीकै देब्रे साइडमा छन्’

दुनामा खाएर कुनामा बस्ने भनेकोमा विश्वप्रकाशलाई योगेशको जवाफ– सानेपामा महापुराण लाएर दाइभाउजूलाई सुनपानी छर्किनेले फुर्तिफार्ती नलाए हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका युवा नेताहरुको हैसियत केपी ओलीले दुनामा दिएको खाएर कुनामा बस्नेमात्र रहेको टिप्पणी गरेपछि एमाले पंक्ति आक्रामक बनेको छ ।

सामाजिक सञ्जालबाट विष्णु रिमाल तहका नेतादेखि वडा तहका कार्यकर्ताले समेत शर्मालाई जवाफ फर्काइरहेका बेला शर्माले लक्षित गरेका युवा नेता योगेश भट्टराईलाई हामीले सोध्यौं- तपाईंहरुको हैसियत त्यही नै हो त ?

जवाफमा भट्टराईले भने, ‘सानेपामा महापुराण लगाएर दाइभाउजूलाई आरती गरेर चोख्याउन खोज्नेहरुले हामीमाथि प्रश्न उठाउन सुहाउँदैन । हामीले भन्यौं, केपी ओली टोपबहादुर रायमाझीलाई निलम्बन गर्न सहमत हुनुभयो, उहाँहरुले जस्तो बालकृष्ण खाणलाई चोख्याए जस्ता हामीले गरेनौं । के अब हामीले केपी ओली मुर्दावाद भन्दै हिँड्नु हो ?’

सुनदेखि नूनसम्म, रक्तचन्दनदेखि जलहरीसम्मका प्रकरणहरुमा खुलेर कुरा गर्दै भट्टराईले ललिता निवासको जग्गा हिनामिना छानबिन भएपछि तत्कालीन नेकपा हुँदै एमाले विभाजन गर्ने तहमा माधव नेपाल उत्रिएको आरोपसमेत लगाए । अहिले पनि माधव नेपाललाई चोख्याउन ललिता निवासको पुनः छानबिनको नाटक मञ्चन भएको भट्टराईको आशंका छ ।

बैंकबाट सुन लुट्नेदेखि रक्तचन्दन तस्करी गरेर आएका माओवादी नेताहरु नै अहिले सुन तस्करीमा पनि जोडिएकाले माओवादी नेतृत्वकै सरकारले निष्पक्ष छानबिन गर्नेमा आशंका भएकाले एमालेले उच्चस्तरीय छानबिन माग गरेको भट्टराईको दाबी छ ।

प्रस्तुत छ, नूनदेखि सुनसम्म अनि कर्णालीदेखि मधेशसम्मको यात्राबारे एमालेका युवा नेता याेगेश भट्टराईसँग नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले गरेको कुराकानी नेपाल टकमा ।

– लेखा समिति बैठकमा तपाईंले सभापति चयन नभए अब आउँदैनौं भन्नुभयो । सुन तस्करीको विषय पनि समितिमा प्रवेश गराउँदै हुनुहुन्छ । यो खासमा समितिमा भागबन्डा खोजेको भनेर बुझ्ने कि ?

सामान्यतः संसदीय समितिमा एक महिनामा सभापति छान्ने अभ्यास छ । ज्येष्ठ सदस्यले एक महिनाभन्दा बढी नेतृत्व गर्ने कुरा राम्रो हुन्न । सभापति भए पो त्यसले वार्षिक कार्ययोजना बनाउँछ, उपसमिति बनाउँछ, मन्त्रीहरुलाई बोलाउँछ । तर, अहिले त यत्रो महिनादेखि केही भएन ।

लेखा समितिमा हामीले राखेको प्रस्तावमा माओवादीबाहेक सबै दलका साथीहरु सहमत भएका छन् । माओवादीहरु चाहिँ उहिल्यैदेखि सुनसँगै खेल्दै खाँदै आएका, रक्तचन्दन बोक्दै आएका हुनाले र अहिले पनि सुनको जालो उनीहरुतिरै रहेकाले उच्चस्तरीय छानबिनप्रति सहमत नभएका हुन सक्छन् ।

सत्ता गठबन्धनको भागबन्डा नमिलेर सभापति छानिँदैन, बाहिर हल्ला चाहिँ के गरिन्छ भने नेकपा एमालेले सभापतिमा भागबन्डा माग्यो भनेर सरकारी निकायहरुबाट मेसेज फ्याँकिन्छ ।

हिजो मैले भनें, एमालेलाई कुनै संसदीय समितिको सभापति चाहिएको छैन । हामी बार्गेनिङ पनि गर्दैनौं । यद्यपि ठूला दलहरुको बीचमा एउटा सहमति भएको छ । कुन कुन समिति क-कसले लिने भन्ने सहमति कायम छ भने पालना गर, भंग गर्छौ भने सभामुखलाई भनेर चुनाव गर । यस्तो ढिला नगरौं भनेको हो ।

हामीले के भनेका छौं भने सभापति नै नछान्ने हो भने समितिमा किन आउने ? प्रतिपक्षी दल तपाईंको झगडाको साक्षी बस्न आउने होइन नि ! सत्तारुढ गठबन्धनमा बाँडफाँट मिलेको छैन, अनि त्यसको साक्षी हामी किन बस्ने ?

जहाँसम्म सुनकाण्डको कुरा छ, हामीले संसदमा भनेका छौं । स्वयं गृह प्रशासनको राजनीतिक र प्रशासनिक नेतृत्वमाथि प्रश्न उठेको छ । अर्थ मन्त्रालयको नेतृत्वमाथि प्रश्न उठेको छ । राजस्व अनुसन्धान विभागको राजनीतिक नेतृत्व प्रधानमन्त्रीमाथि नै प्रश्न उठेको छ ।

यत्रो २२औं र २३औं पटक सुन आउँदा यिनीहरु कहाँ सुतेका थिए ? त्यसैले उनीहरुले आफैंमाथि गर्ने छानबिनप्रति हामीलाई विश्वास छैन, त्यसैले उच्चस्तरीय समिति बनाउनुपर्छ भनेका हौं ।

गृहमन्त्रीजीले ती नेता (कृष्णबहादुर महरा)लाई बोलाएर सोधपुछ गर भन्नुहुन्न । पछिल्ला घटनाक्रममा माओवादीको उच्च तहको नेतृत्वसँग सुनको कारोबारीहरुको नेक्सस देखिँदैछ । यसको त कहीं न कहीं छानबिन हुनुपर्‍यो नि ! हाम्रो भनाइ के हो भने जसको छानबिन गर्नु छ, उसैलाई जिम्मा लगाएर त भएन नि !

लेखा समितिमा हामीले राखेको प्रस्तावमा माओवादीबाहेक सबै दलका साथीहरु सहमत भएका छन् । माओवादीहरु चाहिँ उहिल्यैदेखि सुनसँगै खेल्दै खाँदै आएका, रक्तचन्दन बोक्दै आएका हुनाले र अहिले पनि सुनको जालो उनीहरुतिरै रहेकाले उच्चस्तरीय छानबिनप्रति सहमत नभएका हुन सक्छन् ।

– तर प्रश्न चाहिँ एमालेतिर सत्तापक्षका मान्छेहरुबाटै भइरहेको छ । सरकारले सुन समातेपछि एमालेले आत्तिएर सदन अवरोध गरेको आरोप त छ नि ?

हाम्रो भनाइ यो सबै श्रृंखलाको छानबिन होस् भन्ने हो । ३२ पटकसम्म सुन पास भयो, ३३ औं पटकमा समातियो । इलेक्ट्रिक सिगरेटमा आएको सुनमा स्वयं प्रधानमन्त्रीकै पार्टीका उच्च नेतृत्वको नाम मुछिएको छ । त्यो विषयमा एउटा रिपोर्ट बनेको छ, त्यो रिपोर्ट गृहमन्त्रीको टेबुलमा छ ।

गृहमन्त्रीजीले ती नेता (कृष्णबहादुर महरा)लाई बोलाएर सोधपुछ गर भन्नुहुन्न । पछिल्ला घटनाक्रममा माओवादीको उच्च तहको नेतृत्वसँग सुनको कारोबारीहरुको नेक्सस देखिँदैछ । यसको त कहीं न कहीं छानबिन हुनुपर्‍यो नि ! हाम्रो भनाइ के हो भने जसको छानबिन गर्नु छ, उसैलाई जिम्मा लगाएर त भएन नि ! जस्तो कि ललिता निवास जग्गा प्रकरणमा शारदाप्रसाद त्रितालको नेतृत्वको समिति बनाएर केपी ओली नेतृत्वको सरकारले छानबिन गर्ने कार्यादेश नदिएको भए माधव नेपालजी, बाबुराम भट्टराईजी वा त्यो लेभलका मन्त्रीहरुको नाम आउँथ्यो त ? ललिता निवास त सामसुम थियो ।

जब छानबिन समिति बन्यो, त्यसले सबै घटनाक्रम हेरेर पो त्यो रिपोर्ट ल्यायो त ! भुटानी शरणार्थी काण्डमा छानबिन समिति नबनाएको भए कसरी आउँथ्यो त नेक्सस ? सरकारी मेकानिजमबाट पनि सीआईबीले गर्ने हो कि कसले गर्ने हो गरोस् । तर, उच्चस्तरको छानबिन आवश्यक देखियो भनेर हामीले प्रश्न उठाएका हौं ।

जहाँसम्म एमाले आत्तियो भन्ने माओवादीहरुको आरोप छ, एमाले किन डराउने ? एमालेको कोही नेता छ वा एमाले नजिकको मान्छे यसमा संलग्न छ भने उसमाथि कारबाही होस् । तर, एमाले त सुनसँग होइन, नूनसँग लडाइँ लडेको पार्टी हो नि ! कर्णालीका मान्छेले नून खान पाउनुपर्छ भनेर लडेको पार्टी हो नि एमाले ! बैंक फोरेर सुन लुट्दै हिँडेको पार्टी त एमाले होइन । अनि बैंकबाट टनका टन सुन ल्याएर माटामुनि गाड्दै, गाडेको सुनको भागबन्डा नमिलेपछि आफ्नै सहकर्मीलाई गोली हानेर मार्दै त्यसरी आएको पार्टी त हामी होइन । रक्तचन्दन तस्करी गरेर आएको पार्टी त एमाले होइन ।

त्यसैले हामी किन डराउने ? हामी त सबै घटनाहरुको निष्पक्ष छानबिन होस् । हाम्रोबारेमा कसैले प्रश्न उठाएको छ भने त्यसबारेमा पनि छानबिन होस् भन्नेमा हाम्रो अध्यक्षदेखि हामी सबै प्रस्ट छौं ।

– सरकारले फाइल खोल्दै जाने एमालेले विरोध गर्दै जाने जस्तो देखियो नि ?

हामी त के देख्दैछौं भने ललिता निवास काण्डमा पनि बाहिर बाहिर बोक्रे गफ गरेर मुख्य अभियुक्त जोगाउन यो छानबिनको नाटक रचिएको छ ।

जुन मन्त्रिपरिषद्बाट ललिता निवासको जग्गा साटफेर भएको छ (माधव नेपाल नेतृत्व) । त्यो प्रस्ताव नै प्रधानमन्त्रीको आदेशबाट टिप्पणी उठाएर लगिएको छ । मन्त्रिपरिषद्को कार्य सम्पादन नियमावलीको धारा ३२ बाट उठाइएको टिप्पणीको आधारमा भएको निर्णयले ललिता निवासको जग्गा हिनामिना भएको छ ।

एमाले त सुनसँग होइन, नूनसँग लडाइँ लडेको पार्टी हो नि ! कर्णालीका मान्छेले नून खान पाउनुपर्छ भनेर लडेको पार्टी हो नि एमाले ! बैंक फोरेर सुन लुट्दै हिँडेको पार्टी त एमाले होइन । अनि बैंकबाट टनका टन सुन ल्याएर माटामुनि गाड्दै, गाडेको सुनको भागबन्डा नमिलेपछि आफ्नै सहकर्मीलाई गोली हानेर मार्दै त्यसरी आएको पार्टी त हामी होइन । रक्तचन्दन तस्करी गरेर आएको पार्टी त एमाले होइन ।

त्यसैले मैले चुनौतीका साथ के भनिरहेको छु भने सभामुखको आसनको देब्रेतिर हामी प्रतिपक्ष छौं । दाहिनेतिर सत्तापक्ष छ । सत्तापक्षको प्रधानमन्त्रीको नजिकै धारा ३२ प्रयोग गर्ने व्यक्ति (माधव नेपाल) त्यही हुनुहुन्छ । त्यहाँसम्म अहिलेका प्रधानमन्त्रीको छानबिन पुग्छ कि पुग्दैन ? हामी हेर्दैछाैं ।

– हिजोमात्रै प्रधानमन्त्रीले चुनौतीका साथ भन्नुभएको छ, हेर्दै जानुहोला अरु पनि फाइल खोलिन्छन् । पशुपतिको जलहरीकाण्डदेखि नै एमालेले सदन अवरोध गरेर आत्तिएको आरोप त छ नि ?

यसअघि साढे ३ वर्ष प्रधानमन्त्री केपी ओली भएर हामीले सरकार चलायौं । त्यसबेला धेरै निर्णय भएका छन् । ती निर्णय ऐन–कानून संविधान विपरीत छन् भने हामी छानबिनको दायरामा आउनुपर्छ ।

हामीले त प्रधानमन्त्रीलाई चुनौती दिएका छौं के के ल्याउनुहुन्छ ल्याउनुस् । अनि त्यो लडाकु शिविरको चाहिँ ल्याउन नबिर्सनु है पनि भनेका छौं । यती, ओम्नी, वाइड बडी के के ल्याउनु छ ल्याउनुस् भनेका छौं त । हाम्रो कसैको गल्ती देखियो भने हामी जोगाउँदैनौं । हाम्रो पार्टी सानेपामा सात दिन महापुराण लाएर शरणार्थी काण्डमा दोषी ठहरिएका मान्छेहरुलाई धोइपखाली गर्ने र उनीहरुका नाममा आरती गर्दैन । कांग्रेसका कतिपयले अनि उल्टै एमालेका कसैले प्रश्न उठाउँछन् भनेर फुर्ती लाउँछन् ।

पशुपतिको जलहरीमा हामीले छानबिन मागेर संसद अवरोध गरेकै हो । संसदमा हाम्रो अध्यक्षमाथि नियोजित रुपमा प्रहार गरियो सत्तापक्षका सांसदबाट । त्यसले आम जनतामा के भ्रम पर्‍यो भने कतै केपी ओलीले त्यहाँ गडबड गर्नुभएको त छैन ? त्यसकारण हामीले भन्यौं, छानबिन होस् ।

आखिर अख्तियारले सबै सुन बोकेर ल्यायो । छानबिनबाट के आयो त ? केपी ओलीले त बजेट ३० करोड दिएको हो जलहरी राख्न । केपी ओलीले आफैं ठेक्का गरेको वा आफ्ना मान्छे खटाएको त होइन । ४८ घण्टाको सीसीटीभी क्यामेरा छ त्यहाँ । आर्मी छ, पुलिस छ र त्यसमा केही गडबडी भए पनि सम्बन्धित कर्मचारी जिम्मेवार हुन्छ । प्रधानमन्त्री त त्यहाँ ड्युटी बस्न गएको हुन्न ।

तथ्य प्रमाणविना पार्टीको अध्यक्षमाथि सत्तापक्षका सांसदले सडकछाप टिप्पणी गरेपछि हामीले विरोध गरेका हौं । संसद सडकछाप टिप्पणी गर्न थलो होइन । जलहरीमा उहाँहरुले छानबिन गर्नुभयो त । टाइँटाइँ फिस भयो नि त ! म फेरि पनि भन्छु, एमालेलाई जोडेर गरेका आरोपबारे अन्तर्राष्ट्रिय एजेन्सीहरु पनि ल्याएर छानबिन गर्नुस्, हामी त्यसमा पनि खरो उत्रिन चाहन्छौं । हामी कांग्रेसले जस्तो दोषीलाई चोख्याउन पूजापाठ गर्दैनौं ।

– तर तपाईंहरु एमालेका युवा नेता कुनामा बसेर दुनामा खाने हैसियतका भनेर कांग्रेसकै महामन्त्रीले दनक दिइसक्नु भयो त ?

त्यो साथी (विश्वप्रकाश शर्मा)लाई मेरो यतिमात्र भन्नु छ, उहाँको केन्द्रीय समितिको बैठकमा दाइ र भाउजूको बारेमा उठेका प्रश्नमा उहाँहरुले के गर्नुभयो ? कारबाही गर्नुभयो कि सुनपानी छर्किनुभयो ? भुक्ने कुकुरले टोक्दैन नि त ! विश्वप्रकाशजीहरुले गरेर देखाउनु नि !

हामीले त गरेर देखायौं त, टोपबहादुरजीको बारेमा प्रश्न उठ्यो, हामीले अध्यक्षलाई न्यायिक निरुपण नहुँदासम्म उहाँलाई निलम्बन गरौं भन्यौं । पार्टीले उहाँलाई निलम्बन गर्‍यो । अब त्यसमा हामीले केपी ओली मुर्दावाद भन्दै हिँड्नु त ? उहाँहरुले बालकृष्ण खाणको बारेमा निर्णय गर्नुभयो त ?

हामीले त प्रधानमन्त्रीलाई चुनौती दिएका छौं के के ल्याउनुहुन्छ ल्याउनुस् । अनि त्यो लडाकु शिविरको चाहिँ ल्याउन नबिर्सनु है पनि भनेका छौं । यती, ओम्नी, वाइड बडी के के ल्याउनु छ ल्याउनुस् भनेका छौं त । हाम्रो कसैको गल्ती देखियो भने हामी जोगाउँदैनौं । हाम्रो पार्टी सानेपामा सात दिन महापुराण लाएर शरणार्थी काण्डमा दोषी ठहरिएका मान्छेहरुलाई धोइपखाली गर्ने र उनीहरुका नाममा आरती गर्दैन ।

निर्णय सुनाउने महामन्त्री त उहाँ नै हुनुहुन्थ्यो । दुइटा साइडमा भाउजूहरुलाई राखेर उहाँहरुले के बयान दिनुभयो ? यस्ता बेतुकका कुरा नगर्न र आफ्नो पदको मर्यादा राख्न म ती साथीलाई आग्रह गर्छु ।

– दलको नेतामा ओलीलाई च्यालेन्ज गर्न त सक्नु भएन नि ?

हामीले आवश्यक ठानेनौं नि ! उहाँहरुले जे गर्नुभयो, त्यही एमालेमा गर्नुपर्ने हो र ? भाउजूको बारेमा केही बोल्न नसक्ने कांग्रेसका महामन्त्रीले हामीसँग फार्तिफुर्ती गर्ने कुरा त्यति राम्रो होइन । शेरबहादुर देउवाले एकलौटी गर्दा यी भाइभतिजहरुले के गरे ? म शेरबहादुर देउवा हो चिन्छौं ? भनेर बैठकमै च्यालेन्ज गर्दा यी महामन्त्रीहरुले चिन्छौं भन्न त सकेनन् ।

– सरकारका पछिल्ला कदमहरुबाट एमाले डराएको चाहिँ हो ?

हामी डराएको वा आत्तिएको छैनौं । वास्तवमा तपाईंलाई म भन्छु हाम्रो पार्टी विभाजनको एउटा कारण ललिता निवासको छानबिन पनि हो । ललिता निवास प्रकरणमा शारदा त्रितालको कमिटीले ‘फ्याक्ट फाइन्डिङ’ गरेपछि हाम्रो पार्टी फुटको बिजारोपण भएको हो नि ! त्यो रिस्क पनि त बोकेका छौं नि हामीले । यदि ललिता निवास प्रकरण सामसुम भएको भए सायद नेकपाको विवाद नै सामसुम हुन्थ्यो होला ।

– केपी ओलीले मलाई जेल हाल्न ललिता निवासको छानबिन गराएको भनेर माधव नेपालले त भन्नु भएकै थियो नि ?

त्यही त उहाँलाई त्यो त्रास थियो । उहाँमा त्यो त्रास भएकाले आफ्नो सुरक्षा खोज्दै खोज्दै जाँदा कहाँ पुग्नुभयो भन्दा पार्टी फुटाउन जानुभयो । र, आज ललिता निवास प्रकरणमा जे जस्ता हल्ला मच्चाइँदैछ नि, सायद उहाँ (माधव नेपाल)को लेभलका मान्छेलाई चोख्याउन पो हो कि ? किनभने त्यो सर्तमा उहाँले पार्टी फुटाउनुभएको नि ! त्यसकारण उहाँले मोर्चा बनाउँदै हिँड्नुभएको छ नि ! उतापट्टिबाट एमालेमाथि उल्टै प्रश्न उठाइरहनु भएको नि !

– प्रधानमन्त्रीले अर्को पनि भन्नुभएको छ, भ्रष्टाचारका फाइल खोल्न थालेपछि गठबन्धन भत्काउने खेल भइरहेको छ भनेर । एमालेले कांग्रेसलाई सहकार्यको प्रस्ताव पनि राखिरहेको छ, कतै यसको सम्बन्ध त छैन ?

हाम्रो कारणले गठबन्धन भत्किने होइन । हामी त ८० सीटका हौं, अपोजिशनमा भएका सबै मिल्दा पनि १२० सीट हुन्छ । गठबन्धन भत्किए उहाँहरुभित्रकै कारण हो । हामीले त प्रस्ट रुपमा भनेका छौं, अहिले सरकार ढाल्ने वा बनाउने हाम्रो प्राथमिकता होइन । अहिले हामी पार्टी संगठन सुदृढ बनाउने बाटोमा छौं ।

– संगठन निर्माणको कुरा गर्नुभयो, मिसन ग्रासरुटमा कर्णाली पनि जानुभयो । अहिले मधेश झर्नुभएको छ । तर, एमालेको सदस्यता पनि तल झर्दै गएको देखियो नि, किन हो ?

यसको जे वास्तविक समाचार आउनुपर्ने हो त्यो आएन । हाम्रो केन्द्रीय कार्यालयले पनि त्यसलाई ठीक ढंगले सम्प्रेषण गर्न सकेन जस्तो मलाई लाग्छ । सामान्यतः हाम्रो सदस्यता नवीकरण अधिवेशनका बेला हुन्थे । त्यसको कारण तपाईंलाई पनि थाहा छ ।

चुनाव जित्न अलि ब्लकमा सदस्यता नवीकरण गर्थे । महाधिवेशनमा पनि अलिकति हुन्थ्यो । सबै त्यस्तो त होइन । तर, केही प्रतिशत त्यसरी हुन्थ्यो । हाम्रो करिब साढे सात लाख सदस्य हो । अहिले हामीले के भन्यौं भने अब हरेक वर्षको पहिलो महिना सदस्यता नवीकरणको महिना हुन्छ । त्यो एक महिना हामी सदस्यको घरघरमा गएर त्यही नवीकरण गर्छौं भनेका छौं ।

त्यो साथी (विश्वप्रकाश शर्मा)लाई मेरो यतिमात्र भन्नु छ, उहाँको केन्द्रीय समितिको बैठकमा दाइ र भाउजूको बारेमा उठेका प्रश्नमा उहाँहरुले के गर्नुभयो ? कारबाही गर्नुभयो कि सुनपानी छर्किनुभयो ? भुक्ने कुकुरले टोक्दैन नि त ! विश्वप्रकाशजीहरुले गरेर देखाउनु नि !

अहिले त मान्छे पैसा बोकेर सबैको सदस्यता नवीकरण गर्न हिँड्दैन । अहिले संगठन विभागमा सबै जिल्लाको आइरहेको छ यो महिनाभरिमा हाम्रो साढे ५ लाख जति नवीकरण हुन्छ । पाँचदश प्रतिशत कहिल्यै पनि नवीकरण हुन्छ विभिन्न कारणले । अहिले करिब २ लाख नयाँ सदस्यताको आवदेन आएको छ । हाम्रो सदस्यता फेरि पनि त्यही सात आठ लाख वरिपरि रहन्छ । महाधिवेशनको बेला यो संख्या बढ्छ ।

– नेकपा एसले लग्यो होला नि अलिकति त ?

कति पो लग्यो होला र ? भोट नै ३ लाख कटाएको छैन । त्यो भोटमा पनि एक लाख ३८ हजार त मधेशबाट आएको रहेछ । त्यही मधेशमा पनि ५-१० हजार सदस्यता लानुभयो होला माधव नेपालले । रौतहट जस्तो जिल्लामा प्रभु साहले अन्तिममा पार्टीलाई धोका नदिएको भए र माधव नेपालसँग उहाँको तालमेल नभएको भए माधव नेपाल नै चुनाव जित्न सक्ने स्थिति थिएन ।

– अनि मधेश झर्नुभएको छ, तपाईंको रुचिले हो कि पार्टीले खेदेर पठाएको ?

यस्तो हो, आठौं महाधिवेशनमा म झलनाथ खनाललाई अध्यक्ष बनाउन लागें । उहाँले अध्यक्ष भएर आएपछिको कार्य विभाजनमा सबैभन्दा कमजोर मानिएको स्वास्थ्य विभाग दिनुभयो । नवौं महाधिवेशनमा म माधव नेपाललाई अध्यक्ष बनाउन हिँडेको । केपी ओली अध्यक्ष भएर आएपछि उहाँले कार्यविभाजनमा मैले नमागेरै प्रचार विभाग प्रमुख दिनुभयो ।

आफूले बनाएको अध्यक्षले स्वास्थ्य विभाग दिए, हराउन हिँडेकाले प्रचार विभाग दिनुभयो । अस्ति दशौं महाधिवेशनबाट आएपछि केही समय स्वास्थ्य विभाग दिनुभयो । मिसन ग्रासरुटमा कर्णाली खटाउनुभयो । अलिकति पार्टीको पदाधिकारीमध्ये अलिकति युवा हिँड्न सक्छ भनेर दिनुभएको होला ।

मैले पनि तलसम्म गएर पार्टीको अवस्था बुझ्न पाएँ, त्यो पनि मलाई फाइदाजनक भयो । कर्णाली बुझ्न पाएँ । अब मधेशको सन्दर्भमा पनि मुख्य नेतृत्वहरुलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिर एक वर्ष पठाऔं न त भन्ने भयो । एमालेको एउटा चुनौती भनेको हामीभित्रकै अन्तरविरोध हल गर्ने हो ।

जहाँ गयो फलानाले फलानो हरायो भन्ने कुरा आउँछ । त्यही ठाउँको अन्तरविरोध हल गर्न त्यहीको नेतालाई जिम्मा दिने कुरा ठीक होइन । त्यसैले मलाई मधेशमा अहिले पार्टी अझ बलियो बनाउन सकिने आत्मविश्वास आइरहेको छ ।

– तर पनि मधेशमा पहाडे नेता ?

मधेशमा हाम्रो पार्टी निर्माणमा पहाडे नेताको योगदान छ । तुलसीलाल अमात्यदेखि विष्णुवहादुर मानन्धर, कृष्णराज बर्मा हुँदै पछिल्लो कालखण्डमा ईश्वर पोखरेल, माधव नेपाललगायतले मधेशमै काम गर्नुभयो । जेलबाट छुटेपछि केपी ओलीले पनि मधेशमा पार्टी निर्माण गर्नुभयो ।

पछिल्लो मधेश आन्दोलनपछि पहाडे र मधेशी मनोविज्ञान ल्याउन खोजिएको सत्य हो । तर, अब त्यो मनोविज्ञान पनि कमजोर भइसकेको छ । हिजो एमालेविरुद्धको प्रायोजित मधेशविरोधी भन्ने ट्याग पनि अब हट्दैछ । मधेशमा एमाले पहिलो पार्टी बनेको छ । अझ तालमेल मिलाउन सकिएको भए अहिले १० सीट छ, १५ सम्म पुग्ने रहेछ ।

हामीले त गरेर देखायौं त, टोपबहादुरजीको बारेमा प्रश्न उठ्यो, हामीले अध्यक्षलाई न्यायिक निरुपण नहुँदासम्म उहाँलाई निलम्बन गरौं भन्यौं । पार्टीले उहाँलाई निलम्बन गर्‍यो । अब त्यसमा हामीले केपी ओली मुर्दावाद भन्दै हिँड्नु त ? उहाँहरुले बालकृष्ण खाणको बारेमा निर्णय गर्नुभयो त ?

रौतहटमा प्रभु साहले अन्तिम घडीमा धोका नदिएको भए थप २ सीट जित्ने थियौं । बारामा एकवाल मियाको प्रवेश अन्तिम दिन भयो । अहिले पहिले भएको भए त्यहाँ थपिन्थ्यो । धनुषामा उमाशंकर अरगरियाको पनि अन्तिममा भयो । उहाँको भोट समानुपातिकको बाकसमा छ, गन्न दिइएन र थोरै भोटले हार्नुभयो । तालमेल गर्दा सप्तरी १, सर्लाही १ जस्ता सीट जसपालाई छाड्नुले हारियो । अब हामी ती पाठबाट पनि सिकेर अघि बढ्छौं ।

हामीभित्रको अन्तरविरोध हल गर्ने अहिले मेरो प्रयास छ । हालै वीरगञ्जको बैठकमा मैले भनेको थिएँ, अध्यक्षले मलाई पिस किपिङ मिसनमा पठाएको हो, यहाँ झगडा गर्न होइन । म सेतो झण्डा बोकेर आएको हुँ भनेको छु । मैले मधेशमा एक डेढ महिनामा ४१ वटा बैठकमा भाग लिएँ ।

त्यहाँ हाम्रो पार्टीको समस्या के रहेछ भन्ने बुझ्न पाएँ । मधेशको समग्र समस्या पनि बुझ्दैछु । अहिलेसम्मको बुझाइ भनेको मधेशमा सबै अधिकार छ । काठमाडौंमा र मधेशमा राजनीतिक हिसाबले सबै अधिकार एकै छ ।

तर, मधेशको समस्या सामाजिक र आर्थिक छ । आज पनि सात प्रदेशमध्ये साक्षरता सबैभन्दा तल छ । पहाडभन्दा मधेश सुगम छ । तर पनि किन त यस्तो ? महिला हिंसाको डरलाग्दो अवस्था छ । अबको हाम्रो ध्यान त्यता जानुपर्छ ।

– चुनावअघि अध्यक्ष केपी ओली ३८ पटक मधेश जानुभयो र एमाले पहिलो पार्टी पनि बन्यो । अब तपाईंको फोकस केमा हो ?

मधेशमा पार्टी अध्यक्षले ठीक नीति लिनुभयो । उहाँ आफैंले मधेशको कमाण्ड लिएर फिल्डमै गएर पार्टी बनाउनुभयो । आज प्रदेश र प्रतिनिधिसभा दुवैमा एमाले पहिलो छ । मेरो काम अब उहाँको बाँकी मिसन सम्पन्न गर्ने हो । जबकि २०७४ अघि एमालेमुक्त मधेश बनाउने भनेर तत्कालीन गृहमन्त्रीकै योजनामा मलेठ हत्याकाण्ड रचिएको थियो ।

अब मैले मधेशको समग्र काम हेरिरहेको छु । धेरै पार्टीका नेताहरु नै एमालेमा आउन चाहेका छन् । तर, हामीले पहिले योजना बनाउने भन्यौं । पार्टी प्रवेश गर्नेको अभिलेख राख्ने, जिम्मेवारी दिने र प्रवेश गर्नेहरुले पनि सीधै अध्यक्षकोमा गएर होइन च्यानलबाट जाने भनेर सुमन प्याकुरेलको नेतृत्वको समिति बनाएका छौं ।

मधेशमा अहिले कृषि उत्पादनको समस्या बढ्यो । सुख्खाका कारण खेती भएको छैन । यहाँको पूर्वाधारलगायत समग्र समस्याहरुको अध्ययन गरेर प्रतिवेदन बनाउन जुली महतोको नेतृत्वमा कार्यदल बनेको छ ।

आज ललिता निवास प्रकरणमा जे जस्ता हल्ला मच्चाइँदैछ नि, सायद उहाँ (माधव नेपाल)को लेभलका मान्छेलाई चोख्याउन पो हो कि ? किनभने त्यो सर्तमा उहाँले पार्टी फुटाउनुभएको नि ! त्यसकारण उहाँले मोर्चा बनाउँदै हिँड्नुभएको छ नि !

मधेशमा पार्टी कार्यालय व्यवस्थित गर्न लीलानाथ श्रेष्ठको नेतृत्वमा समिति बनेको छ । मधेशमा पार्टी निर्माणको इतिहासको अध्ययन अनुसन्धान गर्न पुरुषोत्तम पौडेलको नेतृत्वमा कार्यदल बनेको छ । यसरी हामी मधेशमा पार्टी र जनतालाई अझ जोडेर एमालेको अहिलेको भन्दा मजबुत पोजिशन बनाउँदैछौं ।

– मधेशका नेताहरु एमालेसँग जोडिन खोज्दैछन् भन्नुभयो । हालैमात्र गौरमा ६ दलले प्रभु साहविरुद्ध आन्दोलन गर्दा एमाले त्यहाँ देखिएन । के फेरि प्रभु साहसँग संवाद चलेको हो ?

अहिले त्यो मामिलामा हामी पसेका छैनौं । अहिले सत्तारुढ गठबन्धनभित्रै गौर हत्याकाण्डका मुख्य व्यक्तिहरु उपेन्द्र छन् । प्रचण्डजीले के गर्ने हो ? उहाँले छानबिन गर्छौं भन्नुभएको छ । यो उपेन्द्र र माओवादीको मामिला हो । त्यो ठूलो नरसंहारलाई त्यतिकै उन्मुक्ति दिन मिल्दैन । पहिले उहाँहरुको आओस्, अनि एमालेले यसबारेमा पोजिशन बनाउँछ । अहिले हामी प्रभु साहको विरुद्ध सत्ता गठबन्धनको ब्यानरमा किन जाने ? र, प्रभुले पनि हामीसँग सम्पर्क गरेका छैनन् ।

– अन्तिममा, तपाईं पनि कोशी प्रदेशको जनप्रतिनिधि । कोशीमा सरकारविहीनताको अवस्था छ, अब तपाईंहरुको पोजिशन के हुन्छ ?

पहिलो कुरा त कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले जे नकच्चरो काम गर्‍यो, त्यो निर्लज्ज र संविधानमाथिको बलात्कार हो । कसरी हिजो अग्नि सापकाटोले एमाले फुटाउन भूमिका खेल्नुभयो भन्ने कुरा हिजो कतिपयले पत्याएनन् । आज कोशीमा बाबुराम गौतमलाई त त्यही गर्न लगाइयो नि ! एउटा सभामुखलाई निरीह बनाइयो ।

दोस्रो कुरा, अदालतले जब धारा १६८ को उपधारा २ बमोजिम उद्धव थापा गएको प्रक्रिया नै गलत भयो भनिसकेपछि फेरि त्यही धारामा किन जाने भन्यो ? अब त १६८ को उपधारा ३ मा जाऊ भन्नुपर्ने हो नि ! असफल भएको धारामा फेरि किन जान दिएको ? त्यही प्रावधान केपी ओलीलाई यही अदालतले किन दिएन त्यसबेला । फेरि संसदबाट प्रधानमन्त्री बनाऊ किन भनेन ? यहाँ चाहिँ परमादेशबाट प्रधानमन्त्री तोक्ने अनि कोशीमा चाहिँ फेरि त्यही असफल भएको धारा प्रयोग गर भन्ने कुरा मिलेन । अदालतको पनि डबल स्टान्डर्ड देखियो । यो गठबन्धनको दबाबमा अदालत छ भन्ने कुरा त कामचलाउ मुख्यमन्त्री को हो भन्ने पनि यसले भन्न सकेन ।

अब अगाडि हामी के गर्छौं भन्ने कुरा छ, हामी १६८ को उपधारा २ मा पनि कोसिस गर्छौं । हामीले राप्रपासँग र कांग्रेससँग पनि कुरा गर्दैछौं । जसपासँग पनि भइरहेको छ । समाजवादीका साथीहरुसँग पनि तल कुरा गर्दैछौं, माधव नेपालले माथिबाट ह्वीप लगाउनुभयो भने अर्को कुरा हो, तलका साथीहरु हामीसँग बस्न चाहन्छन् । माओवादीसँग चाहिँ यहाँ गठबन्धनको मुख्य नाइके भएकाले हामी वार्ता गर्दैनौं । धारा २६८ को उपधारा २ बाट नभए ३ मा जान्छौं । नत्र उहाँहरुले पुर्‍याउन नसके ५ मा जान्छ र त्यहाँबाट नभए मध्यावधिमा जान्छौं ।


प्रतिक्रिया

One thought on “‘सुन तस्करीमा माओवादी नेताहरुको नेक्सस देखियो, ललिता निवासका मुख्य दोषी प्रधानमन्त्रीकै देब्रे साइडमा छन्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर