युनिलिभरले हाल्यो चार वटा कम्पनीविरुद्ध क्षतिपूर्ति मुद्दा, हुबहु स्याम्पु आयातमा रोक – Nepal Press

युनिलिभरले हाल्यो चार वटा कम्पनीविरुद्ध क्षतिपूर्ति मुद्दा, हुबहु स्याम्पु आयातमा रोक

काठमााडौं । नेपालमा नक्कली वा उस्तै वस्तु विक्री हुने कुरा सामान्य जस्तै भइसकेको छ । सक्कली वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मले थाहा पाए भने उद्योग विभागमा गएर उजुरी हाल्ने गरेका छन् ।

अहिले युनिलिभर नेपालले आफ्नो जस्तै वस्तु उत्पादन र विदेशबाट आयात गरेर विभिन्न ४ कम्पनीले बिक्री गरेको भन्दै उद्योग विभिगमा मुद्दा हालेको छ ।

युनिलिभरले कामना क्रियशन टेलर्स, ए एण्ड ए कस्मेटिक्स, विलियम विजनेश अर्गनाइजेसन र दिव्या इम्पेक्सविरुद्ध मुद्दा हालेको छ । उसले आफ्नो जस्तै उत्पादन नेपालमा अन्य कम्पनीले उत्पादन गर्ने तथा विदेशबाट ल्याएर बिक्री गरेको भन्दै असार १३ गते उद्योग विभागमा उजुरी दिएको हो । उक्त उजुरीपछि विभागले असार २७ गते ती कम्पनीहरुलाई उत्पादन र आयात गरेर बिक्री नगर्न आदेश दिएको छ ।

युनिलिभरले टेलर्स, ए एण्ड ए कस्मेटिक्स, विलियम विजनेश अर्गनाइजेसन र दिव्या इम्पेक्सविरुद्ध क्षतिपूर्तिसमेत मागेको छ । यी कम्पनीहरुले युनिलिभरले उत्पादन र बिक्री गर्ने अल क्लिनर, डोब, सनशिल्क, क्लिनिक प्लस र लक्सलगायतको टे«र्डमार्क प्रयोग गरी कस्मेटिक वस्तु बिक्री गर्दै आएका छन् ।

उद्योग विभागका कानून शाखाका प्रमुख दीपक घिमिरेले युनिलिभरले उत्पादन र बिक्री गर्ने जस्तै देखिने स्याम्पु आयात रोकेको बताए ।

उनले नेपालप्रेससँग भने, ‘युनिलिभरको उजुरीअनुसार विदेशबाट स्याम्पु आयात राकेका छौं । कुनै कम्पनीले स्याम्पु बिक्री गर्ने हो भने पनि युनिलिभरसँग लिएर बिक्री गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर