साताको अन्तिम कारोबार दिनमा पनि घट्यो शेयर बजार – Nepal Press

साताको अन्तिम कारोबार दिनमा पनि घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले बढेको शेयर बजार साताको अन्तिम कारोबार दिन घटेको छ ।

बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा कायम भएको छ । आज बजारमा ६२ लाख ७१ हजार ७७७ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार एाआइसी एसीया क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इम्र्जिङ नेपाल लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाए भने, किसान लघुवि वित्तीय संस्था, प्रोग्रेसीभ फाइनान्स, माईखोला हाइड्रोपावर र मिथिल्ला लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन ।

त्यस्तै, कारोबारका आधारमा आज शिवम सीमेन्टस् १० करोड ५७ लाख ५९ हजार ९६६ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर