समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन गर्न १४ जनाले दिए आवेदन, तलब २ लाख – Nepal Press

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन गर्न १४ जनाले दिए आवेदन, तलब २ लाख

काठमाडौं । राष्ट्र बैंकले सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि माग गरिएको पदमा १४ जनाले आवेदन दिएका छन् ।

बैंकले समस्याग्रस्त उक्त लघुवित्तको आह्वान गरेको सार्वजनिक सूचनामा ९ जनाले संयोजक र सदस्यमा ५ जनाले सदस्यमा आवेदन दिएका छन् ।

सयोजक र सदस्य १÷१ जना आवश्यक हो । सयोजकको तलब १ लाख ९० हजार र सदस्यको १ लाख ५० हजार रहेको छ । एक संयोजक र एक सदस्य गरी दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने छ ।

राष्ट्र बैंकले संयोजक पदका लागि कार्ययोजना प्रस्तुतीकरण साउन २३ देखि २५ गतेको समय तोकेको छ । भने, सदस्य पदको लागि साउन २६ गते शुक्रबारको समय तोकेको छ ।

संयोजकमा आवेदन दिने तेजेन्द्र शर्मा लम्साल, विमल नेपाल, कमल बहादुर खत्री, मुक्ति शंकर श्रेष्ठ, मिन बहादुर बोहरा, रोशन निरौला, निर्मल कुमार कार्की, कुलमणि तिम्सिना र शेष नारायण पोख्रेल रहेका छन् । त्यस्तै, सदस्य पदको लागि शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, महेश कुमार माझी, रुपक थापा र देव चन्द्र राय रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर