अब सवारीसाधन नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट अनिवार्य ! – Nepal Press

अब सवारीसाधन नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट अनिवार्य !

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारीसाधनको नवीकरण नै रोक्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने तयारी गरेको हो ।

मन्त्रालयले जारी गरेको घोषणापत्रमा आगामी कार्तिक मसान्तभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने उल्लेख छ ।

त्यस्तै कार्तिकपछि क्रमशः निजी सवारीसाधनमा पनि इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य बनाइनेछ । इम्बोस्ड नम्बर प्लेट जडान नभएका सवारीसाधनको नवीकरण रोक्ने निर्णयसमेत घोषणापत्रमा उल्लेख छ ।

इम्बोस्ड नम्बर प्लेटको अनिवार्यबाहेक भदौ महिनादेखि सबै यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रका लागि विद्युतीय सेवा प्रणाली लागू गरिने पनि जनाइएको छ । स्मार्ट लाइसेन्सको छपाइ प्रदेशस्तरमै गराउने र प्रदेशबाटै वितरण गरिनेछ ।

स्मार्ट लाइसेन्स छपाइ र वितरणका लागि बजेट नै छुट्याएका बागमती, मधेश, कोशी र कर्णाली प्रदेशमा स्मार्ट कार्ड छपाइका लागि प्रिन्टर तथा कार्ड खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर