नेपालबाट ७८ करोडको सिमेन्ट र क्लिङ्कर भारत निर्यात – Nepal Press

नेपालबाट ७८ करोडको सिमेन्ट र क्लिङ्कर भारत निर्यात

काठमाडौं । सरकारले सिमेन्ट निर्यातमा अनुदान दिने भएपछि नेपालबाट सिमेन्टको निर्यात बढेको छ । सिमेन्ट निर्यातकर्तालाई सरकारले ८ प्रतिशत नगद अनुदान दिने गरेको छ । सरकारले बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै ३ सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोडको सिमेन्ट भारतमा निकासी भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट भारतमा ७७ करोड ९३ लाख लाखको सिमेन्ट गएको छ ।

३५ करोड ८९ लाख ५१ हजारको ६ लाखको ७ हजार ७३ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजारको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर भारत निर्यात भएको हो ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पहिलोपटक सिमेन्ट भारत निर्यात सुरू गरेको थियो । त्यसपछि क्रमश: अर्घाखाँची र बालाजी सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गर्न सुरू गरेको छ । सिमेन्ट उत्पादक सङ्घको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

निजी क्षेत्रको लगानीका सिमेन्ट उद्योगहरुले भारत सिमेन्ट निर्यात गर्दा सरकारी हेटौंडा र उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता भने घट्दै गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर