लुम्बिनी प्रदेशसभा बैठक बस्दै – Nepal Press

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको २० औँ बैठक आज दिउसो १ बजे बस्दै छ ।

सोमबार बस्ने भनेको बैठक काठमाडौंमा भएको सभामुख, उपसभामुखहरूको सम्मेलन लम्बिएपछि सूचना प्रकाशित गरी स्थगित गरिएको थियो।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

निजामती कर्मचारीसम्बन्धी विधेयक विषयगत समितिमा छलफल हुने भए पनि स्वास्थ्यसम्बन्धी विधेयक आजको बैठकमा छलफल गर्ने तयारी छ ।

निजामती विधेयकको प्रावधानमा स्थानीय तहका कर्मचारीले असहमति जनाउँदै आन्दोलन घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर