एक वर्षमा नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी, भारतसँग धेरै – Nepal Press

एक वर्षमा नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी, भारतसँग धेरै

काठमाडौं । नेपालको विभिन्न देशसँग १४ खर्ब ५४ अर्बभन्दा धेरै व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ५४ अर्ब ५९ करोड रूपैयाँभन्दा धेरै वैदेशिक व्यापार घाटा भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो १५ प्रतिशतले कम हो । अघिल्लो आवमा नेपालले १७ खर्ब २० अर्ब ४१ करोड रूपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

त्यस्तै नेपालको निर्यात पनि घटेको छ । गत आवको तुलनामा अघिल्लो आर्थिक वर्षमा नेपालले गर्ने निर्यातको २१.४४ अंकले घटेको हो । गत आर्थिक वर्षमा नेपालले १ खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो । तर, अघिल्लो आवमा भने नेपालले २ खर्ब बढीको वस्तु निर्यात गरेको थियो ।

कुन देशबाट कति आयात ?

विभागले तथ्यांकअनुसार नेपालले १ वर्षमा सबैभन्दा धेरै वस्तु भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड रूपैयाँबराबरको आयात गरेको छ । निर्यात १ खर्ब ६ अर्ब ६८ करोड रूपैयाँ बराबरको मात्रै छ ।

भारतसँग मात्रै नेपालको ९ खर्ब २१ अर्ब १६ करोड रूपैयाँ व्यापार घाटा रहेको छ ।

१ वर्षमा चीनबाट २ खर्ब २२ अर्ब ७१ करोड रूपैयाँ बरारबरको वस्तु आयात भएको छ । भने नेपालले १ अर्ब ७६ करोड रूपैयाँको वस्तु चीनमा निर्यात गरेको छ । नेपालको चीनसँग २ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ व्यापार घाटा छ ।

नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । एक वर्षमा १ खर्ब ५३ अर्ब ७६ करोड बराबरको डिजेल, ६६ अर्ब ८५ करोड बराबरको पेट्रोल तथा ५८ अर्ब १५ करोडको एलपी ग्यासको आयात भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर