शेयर बजारमा गिरावट – Nepal Press

शेयर बजारमा गिरावट

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार २६ अंकले घटेको छ ।

साताको पहिलो दिन आइतबार ६३ अंकले बढेको नेप्से सोमबार २६.६६ अंकले घटेर २२ सय विन्दुमा कायम भएको छ ।

आज बजारमा २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रूपैयाँ कारोबार भयो । पछिल्लो कारोबारका तुलनामा आज कारोबार रकम बढेको छ ।

सोमबार किसान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने, नेपाल रिइन्सयोरेन्स कम्पनी २५ करोड ५६ लाख ६९ हजार ८४१ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर