आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औँ योजना लगायतका विषयमा चासो – Nepal Press

आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औँ योजना लगायतका विषयमा चासो

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

आईएमएफको नयाँ मिसन चिफको रूपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो ।

१६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत छलफल भएको थियो ।

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए ।

जुलाई २० मा नेपाल आएको आईएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरू सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर