राष्ट्रपतिसँग भेटघाटका लागि सीपीसी नेता शीतल निवासमा – Nepal Press

राष्ट्रपतिसँग भेटघाटका लागि सीपीसी नेता शीतल निवासमा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता युआन जियाजुनलगायतको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ ।

आज काठमाडौं आइपुगेको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङक्विङ्ग नगर कमिटी सचिवसमेत रहेका जियाजुनसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको र यस भ्रमणले आगामी दिनमा द्विदेशीय सम्बन्धलाई अझ सुमधुर पुर्‍याउने विश्वास व्यक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि जियाजुनले रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।

श्रीलंका भ्रमण सकेर आज काठमाडौँ आएका उनी यहाँ तीन दिनसम्म रहने जनाइएको छ ।

जियाजुनले सिंहदरबारमा अहिले प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *