सहकारीको नियमन तथा सुपरिवेक्षणमा राष्ट्र बैंकले सहजीकरण गर्ने – Nepal Press

सहकारीको नियमन तथा सुपरिवेक्षणमा राष्ट्र बैंकले सहजीकरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणमा सहजीकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको छ ।

सहकारीको बढ्दो विसंगति नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा विशिष्टीकृत नियामक निकाय स्थापना गर्ने उल्लेख गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर