विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा तिर्न पाउने सुविधा खारेज – Nepal Press

विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा तिर्न पाउने सुविधा खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रकोप र प्रभावका कारण विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाएको छ ।

केन्द्रीय बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड महामारीको प्रभाव कम भएको भन्दै सो व्यवस्था हटाएको जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप लगायतका उपकरणहरूका सम्बन्धमा गरिएको अध्ययनका आधारमा पनि यस्ता उपकरणहरू उपलब्ध हुने व्यवस्था गरिने बताएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर