नीतिगत दर र निक्षेप दर दुवै घट्यो, ब्याजदर घटाउने दबाब – Nepal Press

नीतिगत दर र निक्षेप दर दुवै घट्यो, ब्याजदर घटाउने दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई घटाएको छ ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाएर ६.५ प्रतिशत कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरूलाई दबाब पुग्ने छ ।

यता बैंकदरलाई भने यथावत् राखेको छ । बैंकदर ७.५ प्रतिशत छ । निक्षेप संकलन बोलकबोल दरलाई पनि ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनः मूल्याङ्कन गर्नुको साथै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर