नयाँ प्रधानमन्त्री चयन गर्न थाइल्याण्डको संसद असफल – Nepal Press

नयाँ प्रधानमन्त्री चयन गर्न थाइल्याण्डको संसद असफल

काठमाडौं । थाइल्याण्डको संसद बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो ।

पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनीत एकमात्र उम्मेदवार थिए । तर, उनको पक्षमा ३२४ मतमात्र परेको थियो । यो प्रधानमन्त्री बन्न आवश्यक ३७६ मतको साधारण बहुमतभन्दा कम थियो ।

सांसदहरूबीच घन्टौं लामो बहसपछि मतदान भएको थियो । थाइल्याण्डमा गत मे महिनामा भएको आमनिर्वाचनमा मुभ फरवार्ड पार्टी संसदको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर