डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु – Nepal Press

डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

डोटी । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको के आई सिंह गाउँपालिका ४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको बिहिवार सर्पले टोकेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार सर्पले डसेपछि भट्टलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा बेलुका करीव ५.३० वजेतिर मृत्यु भएको भण्डारीले जानकारी दिए ।

आफ्नै घरको आँगनमा बसेर छोरीसंग फोनमा कुराकानी गरिरहेका बेला उनलाई सर्पले टोकेको उनका आफन्तहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर