डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार – Nepal Press

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार

जनकपुरधाम । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् ।

नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियाे । सोही मुद्दामा उपमेयर यादवलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उनीहरुविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका छन् ।

कृष्णकुमारको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न मानेको थिएन । त्यसपछि उनी उच्च अदालत जनकपुरको राजविराज इजलास पुगे । अदालतले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सोही मुद्दामा उपमेयर यादव पक्राउ परेकी हुन् । उनका श्रीमान महेन्द्र अझै फरार छन् ।

उपमेयर यादव दम्पती भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र सप्तरीकै तत्कालिन औरही गाविस ३ बाट फर्जी कागजातकै आधारमा नागरिकता लिएको आरोप उजुरीमा लगाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *