काठमाडाैंमा आकाशमा हिँडेको अनुभूति गर्न सकिने धरहराभन्दा अग्लो टावर तयार (भिडिओ) – Nepal Press

काठमाडाैंमा आकाशमा हिँडेको अनुभूति गर्न सकिने धरहराभन्दा अग्लो टावर तयार (भिडिओ)

काठमाडौं । नेपालको राजधानीमा पहिलो पटक स्काइ वाक टावर सञ्चालनमा आउने भएको छ । धरहराभन्दा १६ मिटर अर्थात ५४.५ फिट अग्लो  ‘स्काइवाक’ भोलिदेखि सर्वसाधारणका लागि खुला गरिँदैछ । ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइ रहेको स्काइवाक वन्डर्स नेपालले २ अर्बको लगानीमा बनाएको हो । टावरको शिलान्यास ३ वर्षअघि गरिएको थियो ।

स्काइवकमा सर्वासाधारणहरु एक पटकमा पाँच सय जनाले अवलोकन गर्न सक्नेछन । जहाँबाट काठमाडौं शहरको ३६० डिग्रि भ्यु हेर्न सकिन्छ । जसका लागि तलबाट दुईवटा लिफ्ट रहेका छन् । लिफ्टको क्षमता २४/२४ जना गरी एक पटकमा ४८ जनालाई माथि सम्म पुर्‍याउन सकिन्छ ।

भिडिओ

स्काइवाकमा प्रवेशका लगि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । जसमा ३ फिट भन्दा साना बच्चाहरूका र ८० वर्ष माथिका वृद्धहरुलाई निःशुल्क प्रवेश रहेको छ । साथै फरक क्षमता तथा विद्यार्थीका लागि छुट्टै किसिमका प्याकेजहरु राखिएका छन ।

कम्पनीको भावी योजनाअनुरूप  ‘बन्जी जम्पिङ’ को प्रक्रिया सुरू भइसकेको साथै  ‘स्वीङ’ पनि राख्ने योजना सुनाउँछन् अध्यक्ष पोखरेल ।

काठमाडौंको केन्द्रमा रहेको स्काइवाकको मज्जा लिन उपत्यकाको जुनसुकै भागबाट पनि आउन सजिलो छ ।

‘स्काइवाक’ को अवधारणा आजभन्दा ५ वर्षअगाडि सुरु भएको वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले बताए । पोखरेलले ५ वर्ष अगाडि अमेरिकामा आफूसहित, लोकनाथ अधिकारी र विष्णू कार्की मिलेर नेपालमा केही नयाँ गर्नुपर्छ र जसका लागि ‘स्काइवाक’ अवधारणा सुरु भएको बताए ।

‘नेपाल आएपछि क्यानेडियन कन्सलटेन्ससंगै देशका विभिन्न क्षेत्रहरु अवलोकन गरौं । त्यसपछि धेरै जनसंख्या भएको स्थान छनोटमा काठमाडौं उचित देखियो’, पोखरेलले बताए ।

पोखरेल भन्छन्, ‘स्काइवाकको संरचनालाई हामीले ‘वन्डर्स नेपाल’ नामक कम्पनीमार्फत स्थापना गरेका हौं । जतिपनि संरचनाहरु बनाइएका छन सबै हामीले आफ्नो सुपर भिजनमा गरेका हौं । कुनै कम्पनीलाई ठेक्का दिएका हैनौं । सबै संरचनाका सामानहरु धेरैजसो बाहिरबाटै ल्याइएको छ । यसको फाउन्डेस ३६ मिटर जमिनमुनी ५८ नम्बर पाइल्स रहेको छ । त्यस्तै भूकम्पको लागि ‘सेस्मिक’ परिक्षण गरिसकेका छौं ।’

‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडाउनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ । जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।’

१३ रोपनि २ आना क्षेत्रफलमा फैलिएको स्काइवाक वरिपरी सुन्दर बगैँचा, रेस्टुरेन्ट लगायत बजारमा उपलब्ध सबै किसिमका सुविधा रहेका छन् । २३ वर्षका लागि लिजमा लिएर सञ्चालनमा ल्याइएको स्काइवाकमा प्रवेशका लागि निश्चित शुल्क लगाइएको भएपनि शहरको व्यस्त जीवनशैलीमा रिफ्रेशमेन्टको लागि महत्वपूर्ण स्थान हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर