मधेशको स्वास्थ्य निर्देशनालयले भन्यो- असार मसान्तभित्र सूचीकृत नगराउने स्वास्थ्य संस्थालाई कारबाही – Nepal Press

मधेशको स्वास्थ्य निर्देशनालयले भन्यो- असार मसान्तभित्र सूचीकृत नगराउने स्वास्थ्य संस्थालाई कारबाही

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै निजी स्वास्थ्य संस्थाहरूलाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिन सूचना जारी गरेको छ ।

प्रदेशका धेरै निजी स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा छन् । दर्ता रहेको स्वास्थ्य संस्था पनि मापदण्ड पालना नगरेको व्यापक गुनासो छ । त्यसैले कानूनी दायरामा ल्याउन स्वास्थ्य निर्देशनालयले ०८० असार मसान्तभित्र अनिवार्य रूपमा सबै स्वास्थ्य संस्थालाई सूचीकृत गराउन सार्वजनिक सूचना जारी गरेको हो ।

निर्देशनालयले भनेको छ, ‘प्रदेशका विभिन्न पालिका/जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरू ९निजी अस्पताल, क्लिनिक, डाइगनोस्टिक सेन्टर०लाई २०८० असार मसान्तभित्र अनिवार्य रूपमा यस निर्देशनालयमा सूचीकृत गराउन अनुरोध छ ।

कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गरी असार मसान्तभित्र अनिवार्य अनुमति लिन समेत निर्देशनालयले निर्देशन दिएको छ । साथै असार मसान्तभित्र सूचीकृत नगराउने संस्थालाई कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

धनुषाको सपहीमा रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर