महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैंत्री नमूना मन्त्रालय बनाइनेछ : मन्त्री आचार्य (भिडिओ) – Nepal Press

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैंत्री नमूना मन्त्रालय बनाइनेछ : मन्त्री आचार्य (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताएका छन् ।

आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको बताए ।

गैर सरकारी संस्थाहरुले आफूखुशी काम गरिरहेको गुनासो आईरहका बेला मन्त्री आचार्यले उनीहरुलाई राष्ट्रिय आवश्यक्ताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताएका हुन् ।

उनले सरकारी तथा गैर सरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताए ।

मन्त्री आचार्यले भने, ‘संघ, संस्था सम्बन्धि राष्ट्रिय नीति तर्जुमा गर्ने, एकीकृत सामाजिक विकास ऐनको मस्यौदा तर्जुमा गर्ने । अन्तराष्ट्रिय÷राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहजीकरण, व्यवस्थापन गर्ने र प्रदेश स्तरीय गैर सरकारी संस्थाहरुको समन्वय, सहकार्य र परिचालन सम्बन्धमा प्रदेश तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम रहेको छ । अन्तराष्ट्रिय÷राष्ट्रिय संस्थाहरुलाई राष्ट्रिय राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडी बढिरहेको छ ।’

मन्त्री आचार्यले समाज कल्याण परिषदको कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर