‘हेलो सरकार’ लाई सशक्त र प्रभावकारी बनाउनु पर्छ : सुमना श्रेष्ठ – Nepal Press

‘हेलो सरकार’ लाई सशक्त र प्रभावकारी बनाउनु पर्छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग उनले सो कुरा बताएका छन् ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भुकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारे । उनले विपद् पोर्टल पालिका स्तरमा पु¥याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गरे ।

‘विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरु पर्याप्त भएन । यो बजेटको कार्यक्रममा त्यो देखिएको छैन । पश्चिम नेपालमा अनुमानित भूकम्प, ठूलो भुकम्प जान्छ भनेर धेरै विज्ञहरुले भनिसकेका छन । त्यसको लागि मैले यो बजेटको कार्यक्रममा देखिन । विपदका बेला मन्त्रालयहरुबीच तालमेल मिलाउन डिजाईनले मात्रै पुग्दैन’, सांसद श्रेष्ठले भने, ‘यसको लागि ५० लाख छुट्टयाइएको छ । त्यसपछि विपद पोर्टल पालिकामा लेवलमा लैजाने भनिएको छ । त्यो ठिकै छ । तर, पालिकामा टेक्नोलोजी मात्रै गयो, जनशक्ति जुटाएनभने हामी कतै पुग्दैनौं । त्यसमा जनशक्ति नजुटाईकन डिजिटल टेक्नोलोजीमात्र पालिकामा लगेर हामीले केही गर्न सक्दैनौं । र, अर्को महत्वपूर्ण कुरा ट्राफिक पुलिसहरुमा सन् २०२२ मा एउटा अध्ययन भएको थियो । उहाँहरुको मानसिक स्वास्थ्यको स्थिति भयावह छ । उहाँहरुमा डिप्रेशनको लेवल एकदम हाई छ । त्यसकारण उहाँहरुको मानसिक स्वास्थ्यको लागि मैले यो बजेटमा केही मागहरु पनि राखेको छु । हेलो सरकार । २०६७ सालमा आएको यो कार्यक्रमले धेरैलाई सहयोग पुगेको थियो । एउटा ठाउँत छ नि राज्यलाइ गुहार्न सक्ने भन्ने एउटा ठाउँ थियो । त्यसका लागि जम्मा १० लाख विनियोजन गरिएको छ । त्यसले पुगेन । यसलाई पहिला जस्तै सशक्त बनाउनु पर्यो । ’

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।


प्रतिक्रिया

One thought on “‘हेलो सरकार’ लाई सशक्त र प्रभावकारी बनाउनु पर्छ : सुमना श्रेष्ठ

  1. त्यो प्रभावकाी बनाउन त ओलि सरकार नै आउनुपर्छ । यस्ता लुटेराहरूलाइ हेलो सरकारको के मतलव ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर