उपेन्द्रको टिप्पणी- बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, समाजवादी मोर्चामा छुटेर ठिकै भयो (भिडिओ) – Nepal Press

उपेन्द्रको टिप्पणी- बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, समाजवादी मोर्चामा छुटेर ठिकै भयो (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्।

चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’

उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताए।

उनले भने, ‘बाबुरामलाई हामीले समातेको पनि छैन। छाडेको पनि होइन। उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखेको होइन। न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर