नागरिकताविहीनको आन्दोलनमा प्रहरी दमन, केही पक्राउ (तस्बिरहरू) – Nepal Press

नागरिकताविहीनको आन्दोलनमा प्रहरी दमन, केही पक्राउ (तस्बिरहरू)

काठमाडौं । माइतीघरमा आज पनि नेपाली नागरिकता माग्दै प्रदर्शन गरिएको छ । नागरिकताविहीन हुँदा राज्यको सेवा सुविधाबाट वञ्चित भएको भन्दै निरन्तर विरोध हुँदै आएको छ । नागरिकता विधेयक प्रमाणीकरणलाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

पछिल्लो समय पटकपटक पेशी स्थगित हुँदै आएको भन्दै युवाहरूले न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । सोक्रममा १५ जनाभन्दा बढी पक्राउ परेका छन् ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर